एमालेलाई एकतावद्ध र सुदृढ बनाउन फलामे अनुशासन आवश्यक: इन्चार्ज गुरुङ

पृथ्वी सुब्बा गुरुङ

पोखरा, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशका इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेलाई वैचारिक, सैद्धान्तिक, सागठनिक, सांस्कृतिक एवं भावनात्मक रुपमा एकतावद्ध र सुदृढ बनाउनु अहिलेको मुख्य कार्यभार भएको उल्लेख गर्दै यसका लागि कडा अनुसासन आवश्यक रहेको कार्यालयले औंल्याउनुभएको छ ।

मदन–आश्रीत स्मृति दिवसको अवसरमा विज्ञिप्त जारी गर्दै मुख्यमन्त्री गुरुङले सामन्तवाद, दलाल नोकरशाही पूंजीवाद र साम्राज्यवाद विरुद्धको संघर्षका क्रममा प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ पार्दै नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न बलियो आधार तयार पार्न आवश्यक रहेको गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

विज्ञप्तीमा उहाँले भन्नुभएको छ, “यसका लागि पार्टीलाई एकता र फलामे अनुशासनका साथ अगाडि बढाउँदै निष्ठा र धैयतापूर्वक लाग्न आजको यस ऐतिहासिक दिनले हामी सवैलाई थप प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021