बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ, ३ जेठ । स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई ४–० ले हरायो । बार्सिलोनाले खेलको पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाती गोलमा अग्रता बनाएको थियो । १४औँ मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाइन् ।

२१औँ मिनेटमा एटाना बोनमतीले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० को बनाइन् । कार्लाेलिन हेनसेनले ३६औँ मिनेटमा गोल गर्दा बार्सिलोना ४–० ले अघि बढेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । चेल्सी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।