विश्व दूरसञ्चार दिवसको अवसरमा टेलिकमको ‘लंग टर्म ईभोल्युशन सेवा’

काठमाडौँ, ३ जेठ । नेपाल टेलिकमले ग्राहकको मागअनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भ्वाइस ओभर लंग टर्म ईभोल्युशन सेवा सञ्चालनमा ल्याएको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा आजदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ । माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीई को संकेत देखापर्दछ । भीओएलटीई को संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा [email protected] मा इमेल पठाउन पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६