कोरोना पिडित जनतालाई बचाउन सांसद बस्नेतको विशेष पहल: भक्तपुरमा सरकारले दियो ९ करोड

भक्तपुर, ३ जेठ । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दैनिक सयौंले अकालमा नै ज्यान गुमाइरहनु परेको अवस्थालाई विशेष ध्यान दिई सरकारले जिल्ला जिल्लामा विशेष रणनीतिका साथ व्यापक मात्रामा योजना अगाडी बढाएको छ । केन्द्र सरकारले बजेटको व्यवस्थापन गरी कोरोना संक्रमणको विरामीको लागि अक्सिजन, आइसीयु, भेन्टीलेटरलगायतका महत्वपूर्ण सामग्रीहरुको व्यवस्थापन गर्नमा जोड दिएको छ ।

अर्थमन्त्री विष्णु पौडेल पुनः नियुक्त भएसँगै जनताको बाच्न पाउने अधिकारलाई शुनिश्चित गर्नभन्दै बदबहालिकै दिन बजेट व्यवस्थापन गरी कोरोना पिडित जनताको लागि मात्र नभई सम्पूर्ण आम नागरिको जीवन रक्षाको लागि महत्वपूर्ण कदम चाल्नुभएको छ । त्यस्तै सरकारका सम्बनधीत निकाललाई पूर्ण रुपमा कोरोना नियन्त्रणको लागि परिचालित हुुन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन समेत दिइसक्नुभएको छ ।
पछिल्लो समय तीन वटै तहका सरकारको ध्यान कोरोना नियन्त्रण, अस्पतालको व्यवस्थापन, अक्सिजन, भेन्टीलेटर, आइसीयु, आइसोलेशन तथा कोरोना संक्रमितको लागि अनिवार्य आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन भइरहेको छ । जसको नेतृत्व तीनै तहका जनप्रतिनिधि तथा सम्बन्धीत निकायले गरिरहेका छन् ।

यसै क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा अर्थमन्त्री पौडेलले भक्तपुरमा कोरोना संक्रमणको अवस्था भयाभह हुन नदिन ९ करोड बजेटको व्यवस्थापन गरिदिनुभएको छ । योसँगै अब भक्तपुमा कोरोना संक्रमितको उपचार, अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक निर्माण हुने भएका छन् ।

कोरोना महामारिबाट बचाउन तथा सरल र सहज उपचारको लागि सांसद बस्नेतको पहलमा अर्थमन्त्रालयबाट रु ८ करोड ९२ लाख बजेट व्यवस्थापन भएको छ । उक्त बजेट मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर अस्पतालको माग बमोजिम माग बमोजिम व्यवस्थापन गरिएको हो । जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल, नेपाल कोरिया अस्पताल र नवनिर्मित सूर्यविनायक नगरपालिका अस्पतालमा भेन्टिलेटर, एचडीयु, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ८ करोड ९२ लाख बजेट स्विकृत भएको सांसद बस्नेतले जानकारी दिनुभयो । उक्त बजेटबाट नवनिर्मित सूर्यविनायक नगरपालिका कोरोना अस्पताललाई १३ बेडको एचडीयु वार्ड समेत बनाईने सांसद बस्नेतले जानकारी दिुनभयो । उक्त अस्पताल निर्माण सम्पन्न भएसँगै भक्तपुरका जनताले अस्पताल, अक्सिजन, आइसीयु, भेन्टीलेटरलगायतको खोजीमा भौंतारिनुपर्ने अवस्थालाई न्युनिकरण हुने भएको छ ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्री विष्णु पौडेल, सचिव शिशिर ढुङ्गाना, स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठी र सचिव लक्षमण अर्यालसँग बैठक बसि मध्यपुर थिमी नगर पालिका, सुर्यबिनायक नगरपालिका र भक्तपुर अस्पतालको माग बमोजिम माग गरेको बजेट विनियोजन गरिदिनु भएकोमा नेपाल सरकारलाई धेरै धेरै धन्यवाद छ । जनतालाई महामारीबाट बचाउनका लागि भक्तपुर अस्पताल, नेपाल कोरिया अस्पताल र नब निर्मित सूर्यविनायक नगरपालिका अस्पतालमा भेन्टिलेटर, एचडीयु, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु ८ करोड ९२ लाख बजेट स्विकृत भएको छ ।’

त्यस्तै सांसद बस्नेतले प्रत्येक दिन भक्तपुर जिल्ला तथा काठमाडौँ उपत्यका भित्रका सयौं कोरोना भाइरसबाट संक्रमित विरामीहरुको उपचारमा रात दिन नभनी आफ्नो ज्यान र घर(परिवारको समेत प्रवाह नगरी जिल्लाकै अब्बल र उत्कृष्ट हस्पिटलको रुपमा काम गरी रहेको भक्तपुर अस्पतालमा संक्रमितहरुको अत्याधिक चापका कारण रहेको अक्सिजन अभावलाई कसरी सरल र सहज ढंगले आपूर्ति गर्न सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल गर्नुभएको छ । छलफलमा सांसद बस्नेतसहित प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्व स्वास्थ्य संगठन नेपालको प्रतिनिधि र अस्पतालको मेडिकल सुपरिटेण्डेन सुमित्रा गौतम सहित छलफल गर्नुको साथै भक्तपुर अस्पतालको समेत आइतवार निरीक्षण गर्नुभयो ।

निरिक्षणपछि सांसद बस्नेतले कोरोनाको विरामीको उपचारको लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । स्वास्थ्य सामाग्रीको समस्या भए तत्काल जानकारी गराउन आग्रह गर्दै सांसद बस्नेतले जिल्लाका कोरोना संक्रमितको अभिभावकत्व सम्बन्धीत निकाय, कर्मचारी तथा जनप्रतिनिधि हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा