‘अपराधिक बाबुराम प्रवृत्तिको प्रतिरोध गरौं’

दिपेश खड्का

नेपालको राजनीतिमा बाबुराम भट्टराई कुनै बेला निकै आशा गरिएका त्यागी र क्रान्तिकारी नेता भनेर चिनिन्थे । उनको पदलोलुप्ता सत्ता स्वार्थ र दलबदल गर्ने प्रवृत्ति नेपालको राजनीतिको नयाँ मानक बन्न खोज्दैछ । ७ वटा पोइ फेर्ने महिला र ७ वटा श्रीमती लेउने पुरुषलाई सात् पोइले र सात जोइले भनिन्छ । बाबुराम नेपालका राजनीतिका ७ पोइले हुन ।

पछिल्लो बेला आफ्नो राजनैतिक भविष्य संकटमा परेपछि काँग्रेसको पाउ मोलेर साँसद बनेका बाबुराम जसपाका एक्ला बरिष्ट नेता हुन । आफू प्रधानमन्त्री बन्न प्रधानमन्त्रीलाई सत्तोसराप गर्दै राती बालुवाटर धाएकै थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको तलुवा चाट्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चा बनाएका थिए ।

आफ्नो सत्ता स्वार्थमा आफ्नो दल फोर्न करौती चलाएकै थिए । हिजो क्रान्तिका नाउँमा हत्या, हिसाँ, अपहरण, लुटपाट जस्ता आतंकवादी गतिविधि गर्दै र गराउँदै आएका डा. बाबुराम भट्टराई र उनका असल अनुयायीहरु विश्वदीप, आङ्ग्काजीजस्ता अपराधी मस्तिष्क बोकेका ब्यक्तिहरु सत्ता प्राप्तिका लागि जस्को पाउ पनि समात्ने, जस्ता सुकै देशी विदेशी शक्तिसँग गठ्जोड गर्ने यो टोली सानो छ तर बिच्छी जस्तै विषालु छ ।

यीनको चपाउने दाँत र देखाउने दाँत फरक छ । यीनीहरु गेरु बस्त्र लगाएर लुट्ने लुटेरा हुन । यस्तै प्रवृत्ति बोकेका पूर्वमाओवादी लुटेराहरु अनि आफुलाई पत्रकार भन्न रुचाउने रिपब्लिका दैनिक जस्त अनलाइनका सम्पादकहरुलाई जनताले उचित जवाबाफ र प्रतिवाद गर्न आवश्यक छ र गरिनेछ ।

केन्द्रीय सचिवालय सदस्य

राष्ट्रिय युवा संघ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले