कर्णाली सरकारविरुद्ध रिट दायर

काठमाडौँ, २ जेठ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभएको हो ।

कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक फैलिएर मृत्यु दर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरेको भन्दै कर्णाली सरकार र प्रदेश अस्पताल विरुद्ध ओलीले रिट दायर गर्नुभएको हो । आइतबार दायर भएको रिटमा नेपालको संविधान विपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख गरिएको छ । कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले उल्लेख्य भुमिका खेल्न नसकेको भन्दै नेपालको संविधानमा व्यवस्था भए अनुसार नागरिकको स्वास्थ्यमा गम्भिर हुनुपर्नेमा प्रदेश सरकार लाचारी बनेको जनाइएको छ ।

शुक्रबार प्रदेश अस्पताल सुर्खेतले विरामीको चाप बढेपछि थप बिरामी नलिने सूचना जारी गर्नुले अस्पताल नै नागरिकको स्वास्थ्य प्रति संवेदनशिल नबनेका रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

तनहुँ, ८ कार्तिक ।  राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021