कोरोना उपचारको लागि काठमाडौँ महानगरपालिकाद्वारा १२ अस्पतालसँग सम्झौता

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाले शनिबार थप तीनवटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । योसँगै हालसम्म १२ वटा अस्पतालसँग पुगेको छ । कोरोना संक्रमितलाई सहज उपचार सेवाका लागि सम्झौता गरिएको हो ।

आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल–कोरिया मैत्री अस्पतालसँग सम्झौता गरिएको छ । महानगरले हिजो सातवटा, वैशाख २४ गते एउटा र २७ गते एउटा गरी अहिलेसम्म १२ सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकिएको छ ।

सम्झौतासँगै विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजिटिभ एयर प्रेसर थेरापी मेसिन (सी—प्याप), १० थान वाइलेवल पोजिटिभ एयरवे प्रेसर मेसिन (वी—प्याप), १० हजारथान अट्राक्सन कीटसहित उपकरण प्राप्त गर्नेछन् । यसैगरी, स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत–सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन् ।

आज सम्झौता भएका अस्पतालहरुमध्ये सहिद गंगालाललाई पाँचथान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० बेडको स्टाफ अब्जर्वेसनकक्ष स्थापनाका लागि करिब ११ लाख रुपैयाँ नगद र १० हजारथान अट्राक्टस कीट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग हुनेछ ।

महानगरले शुक्रबार वीरेन्द्र सैनिक अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो ।
महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021