कलाकार राजारामले अक्सिजन किन्नका लागी गरे एक लाख सहयोग

काठमाडौँ, १ जेठ । हाँस्यकलाकार राजाराम पौडेलले कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजन किन्नका लागी एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।

पौडेलले सामाजिक संजालमा लेखेका छन्, ‘कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गुमाइरहनु भएको छ । पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्यान गइरहेको छ’ ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजन नै चाहिंदो रहेछ । त्यसैले अक्सिजनको व्यबस्था गर्न बिस्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा अर्पण गर्नू भएका डा. महावीर पुनको संस्था ‘राष्ट्रिय आविस्कार केन्द्र’लाई आफूले सकेको सहयोग अर्पण गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ४ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण

काठमाडौँ, ३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् ।

काठमाडौँ, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने रुची नभएको बताएका छन् । आज

काठमाडौँ, ३ बैशाख । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ विदेशी लगानी (एफडीआई) प्रतिबद्धता