एमालेभित्रको विवाद लगभग अन्त्य भइसक्यो: नेता विष्ट

काठमाडौँ, १ जेठ । नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेभित्रको विवाद लगभग अन्त्य भइसकेको बताउनुभएको छ ।

शनिबार आईएनए न्युज एजेन्सीसँगको कुराकानीमा नेता विष्टले कार्यदल बनाएर विवाद सामाधान गरिने बताउनुभयो । यद्यपि कार्यदल कति जनाको र कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको नेता विष्टले बताउनुभयो । उहाँले २०७५ जेठ २ को एमालेमा फर्कन नसके पनि आसपासमा पुुग्नेगरी छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शुक्रबार पार्टीभित्र बृहत छलफल भयो, यसले एक खालको सकारात्मक ऊर्जा दिएको छ । पार्टी भित्र रहेका विमतीका विषयलाई अन्त्य गर्न जेठ २ मा फर्कने सहमति भएको छ, अब केही मसिना कुराहरू छन्, त्यसमा दुवै पक्षले लचकता देखाएर जानुपर्छ भन्ने कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ भदौ । चीनको सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुसियानमा

काठमाडौँ, ३० भदौ । हेइटीमा जुलाई पहिलो साता राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको हुनसक्ने विषयबारे भइरहेको अनुसन्धानकाबीच प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई

काबुल, २८ भदौ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विवादास्पद अफगानिस्तान र पाकिस्तान सीमामा फेरि द्वन्द्व सुरु भएको छ । पाकिस्तानको

एजेन्सी, २८ भदौ । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021