बढ्यो नेपाल टेलिकमको आम्दानी

काठमाडौँ, १ जेठ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको सेवाबापतको आय ७ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको आम्दानीभन्दा ६३ करोड ६८ लाखले बढी हो ।काठमाडौँ, १ जेठ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको सेवाबापतको आय ७ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा टेलिकमले सेवाबाट मात्रै ९ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको हो । टेलिकमका अनुसार यो दोस्रो त्रैमासिकको सेवाबापतको आम्दानीभन्दा ६३ करोड ६८ लाखले बढी हो ।

टेलिकमको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद नाफा पनि बढेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ७७ करोड १६ लाख रहेकोमा तेस्रो त्रैमासिकमा खुद नाफा २ अर्ब ५९ करोड ५० लाख ७७ हजार पुगेको हो । दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद मुनाफा ८२ करोड ३४ लाख ५२ हजार बढेको हो । टेलिकमले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म गरेको कुल सेवाबापतको आयभन्दा यसपटकको सेवाबापतको आय करिब साढे दुई प्रतिशतले बढेको छ । गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले सेवाबाट मात्रै २६ अर्ब ८३ करोड ६६ लाख आम्दानी गरेको थियो । यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सेवातर्फबाट २७ अर्ब ४५ करोड १३ लाख आम्दानी गरेको टेलिकमले जनाएको छ ।

सेवातर्फको आय र मुनाफा बढे पनि कुल आम्दानीमा भने यो वर्ष कमी आएको टेलिकमले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमले ३२ अर्ब २७ करोड २३ लाख आम्दानी गरेको थियो । तर यो आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख मात्रै छ । खुद मुनाफामा पनि गत वर्षको सोही अवधिको तुलनामा घटेको छ  । गत वर्ष तेस्रो त्रैमासिकसम्म टेलिकमले ७ अर्ब ५६ करोड ५५ लाख खुद मुनाफा गरेको थियो । तर यो वर्ष तेस्रो त्रैमासिकसम्म ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा कम भएकाले ब्याज आम्दानीमा कमी आएकाले खुद मुनाफामा कमी आएको टेलिकमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा