अक्सिजन प्लान्टका लागि तीन अस्पताललाई पौने ६ करोड

काठमाडौँ, १ जेठ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छन् ।

डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको हो । कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याइने उनले बताए ।

अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चरणमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पसाथ बजेट ल्याउन लागिएको जानकारी दिए । कोभिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभावकारी बनाइने उनको भनाइ छ । यो समाचार कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा