सभापति देउवाद्वारा तत्काल अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ, ३१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी उहाँले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ।’

अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई अपील गर्दै सभापति देउवाले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गर्नुभयो । देउवाले कांग्रेस कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

कास्की, १२ असोज । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ, १२ असोज । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा बेपता भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021