सर्वोच्चले संवैधानिक व्याख्या र मौलिक हकको उपचार मागिएका रिट हेर्ने

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीको कारण देखाउँदै बन्दी प्रत्यक्षीकरण र कोरोनासम्बन्धी निवेदनमात्र हेर्ने गरेको सर्वोच्च अदालतले अब संवैधानिक व्याख्या, मौलिक हकको उपचार र सार्वजनिक सरोकारका मुद्दा पनि हेर्ने भएको छ ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले (सबै न्यायाधीशको पूर्ण बैठक) उल्लेखित मुद्दा दर्ता र सुनुवाइ दुबै गर्ने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । सरकारवादी हुने पुनरावेदन फिर्ता सम्बन्धी मुद्दा र मिलापत्र हुन सक्ने सरकारवादी मुद्दा पनि सर्वोच्चले हेर्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।

यी मुद्दाको सुनुवाइका लागि भर्चुअल विधिबाट बहसरपैरवी गर्ने व्यवस्था सर्वोच्च प्रशासनले मिलाउन पनि बैठकले भनेको छ । धेरै आलोचना भएपछि वैशाख ३१ सर्वोच्चको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हक र सार्वजनिक सरोकारका मुद्दा दर्ता र सुनुवाई गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन,

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस