प्रधानमन्त्री ओलीले सपथ ग्रहणसँगै आजै चार महत्वपूर्ण कार्यक्रम

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद गठन गर्नुहुने भएको छ ।

आज दिउसो २ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद गठन गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले दिनुभएको जानकारी अनुसार शपथलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद गठन गर्न आज बिहानैदेखि गृहकार्य अघि बढाउनु भएको छ ।

नेता रिमालका अनुसार प्रधानमन्त्री ओली शपथग्रहणपछि लैनचौरस्थित शहिद पार्क पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरी सिंहदरवारस्थित कार्यकक्ष पुगेर पदबहाली गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदबहालीपछि प्रधानमन्त्री ओलीले गोदावरी सिटी हलको भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन