नकारात्मक सोचका धनी ‘नेता श्रेष्ठ’: पहिलो पटक सकारात्मक अभिव्यक्ति

काठमाडौँ, ३१ वैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले विगतका दिनमा आफ्नो विरोधीलाई धुलो चटाउने गरी नकरात्मक शब्द प्रयोग गर्ने गर्नुभएको थियो । आफ्नो विरोधिलाई मान्छे नै नगन्ने प्रवक्ता श्रेष्ठले आज भने सभ्य भाषा प्रयोग गर्नुभएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जसपा (उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्ष)ले संयुक्त गठबन्धन बनाउने प्रयास गरेपनि प्रधानमन्त्री तथा एमालेको अध्यक्ष केपी शर्मा ओली विरुद्ध बहुमत पुर्याउन नसकेपछि शभ्य भाषा प्रयोग गर्दै प्रवक्ता श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताउनुभएको छ । नेकपा विभाजन पछि प्रधानमन्त्री केपी ओलीको विरुद्धमा हात धोएर विरोधका आवाजहरु बुलन्द गर्ने नेता श्रेष्ठले आफ्नो विगतका गल्तीलाई सच्याएर अगाडी बढ्नुपर्ने सोचको अभिव्यक्ति दिनुभयो । उहाँले पार्टी एकता भङ्ग भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीको विरुद्धमा सकारात्मक अभिव्यक्ति दिनुभएको हो । उहाँको उक्त अभिव्यक्तिले के बुझन सकिन्छ भने विरोधको राजनीति लामो हुँदैन ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफूहरूको पार्टीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने बताउनुभएको हो । शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाइ पनि दिनुभएको छ । यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने अबका दिनमा नेपाली राजनीतिमा अरुलाई आलोचना गरेकै भरले परिचित भइन्छ र आफुले राजनीतिमा अस्थित्व बनाउन सकिन्छ भन्ने घमण्डको सफलता नहुने निश्चित छ ।

श्रेष्ठले लेख्नुभएको छ, ‘एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना, हाम्रो पार्टी नेकपा माओवादी केन्द्र अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021