सुदूरपश्चिममा एमाले आफ्नै नेतृत्वमा सरकार बनाउनेः माओवादीको सरकार ‘धराप’मा

धनगढी, ३१ वैशाख । नेकपा एमालेले आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने गृहकार्य गरेसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि धरापमा परेको छ ।

विभाजनको दिशातर्फ अघि बढेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पार्टी एकता कायम गर्दै सहमतिको साथ अघि बढ्ने मिलन बिन्दूमा पुगेपछि यहाँको राजनीति समेत प्रभावित बन्ने देखिएको हो । अब नेकपाएमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने जनाएको छ । नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने उपयुक्त समय आएको बताउँदै आवश्यक गृहकार्य थालिएको जानकारी दिनुयभो ।

‘कोभिड महामारीका बेलाप्रदेश सरकारले प्रभावकारी रुपमाकाम गर्न सकेको देखिएन,’ रावलले भन्नुभयो, ‘अब सरकारको विकल्प खोज्नुपर्ने देखिन्छ । हामीले एक महिना पहिले नै सरकारलाई दिएको समर्थन फिर्ता निर्णय गरिसकेको छौं। त्यो निर्णय कार्यान्वयनको दिशामा जान्छ । हाम्रै नेतृत्वमा सरकार बन्छ ।’

नेपाली काँग्रेस वा जनता समावादी पार्टी कुन दलसँग गठबन्धन गरेर सरकार गठन गर्ने भन्ने कुरा स्पष्ट नभने पनि उहाँले भन्नुभयो, ‘त्यसबारे अहिले नै बोलिरहनु परेन । हामी सुरुमा सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ । त्यसपछि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुहोला । त्यसो भएन भने अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन सक्छ । अन्य दलसँग पनि सहकार्य हुन्छ ।’

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ । माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य छन् । माओवादी केन्द्रका १४ जना प्रदेश सभा सदस्य रहेकोमा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए । प्रदेश सरकार गठन गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ ।

जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्यले साथ दिए एमालेकै नेतृत्वमा सरकार गठन हुने सम्भवना बलियो छ । तर सरकार गठनको सन्दर्भमा जनता समाजवादी पार्टीको भूमिका कस्तो हुन्छ रु त्यो भने हेर्न बाँकी छ । जसपा संसदीय दलकी नेता मालामती कुमारी रानाले केन्द्रमा जस्तै प्रदेशमा पनि पार्टीको भूमिका सरकार बनाउने र गिराउने नरहेको बताउनुभयो ।

‘अहिलेसम्म सरकारमा जाने वा समर्थन गर्ने सोच बनाइसकेका छैनौं,’ रानाले भन्नुभयो, ‘माननीय रेशम चौधरीको रिहाइ लगायतका हाम्रा थुप्रै माग मुद्दाहरु छन् । ती सम्बोधन भए मात्र त्यसबारे सोच्न सकिन्छ ।’ जनता समाजवादी पार्टी केन्द्रमा जस्तै यहाँ पनि विभाजित छ । दुईमध्ये संसदीय दलकी नेता समेत रहेकी राना अध्यक्ष महन्थ ठाकुर र अर्का प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरी उपेन्द्र यादव पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021