प्रधानमन्त्री ओलीद्वारा गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उदघाटन आज

काठमाडौँ, ३१ वैशाख । ललितपुरको गोदावरीमा निर्मित सम्मेलन केन्द्रको आज उदघाटन गरिंदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्न लाग्नुभएको हो । शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्ने तयारी रहेको छ । यो सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ । ४३ रोपनी १५ आनामा बनेको यो सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ ।

शहरी विकास मन्त्रालयका अनुसार २०७६ कार्तिकमा ५ महिनामा सक्ने गरी सम्मेलन केन्द्र निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागे पनि यो निर्माणमा ८१ करोड खर्च भइसकेको स्रोतले जनायो । केसी–समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रेपलाञ्चोक, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०

काठमाडौँ, ५ कार्तिक । कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला परेको छ । पाल्पा प्रहरीका अनुसार जिल्लाको रामपुर नगरपालिका–८

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा)

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021