बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

काठमाडौँ, ३० वैशाख । बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सक्नुभएन । अन्ततः उहाँहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुग्नुभयो । अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठूलो हैसियतले सरकार गठन गर्न पाउनेछन् । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ५ कार्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021