नेता भट्टराईद्वारा जनताको माझ एमालेलाई सर्वश्रेष्ठ सावित गर्ने गरि गोलबन्द हुन अपिल

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले आगामी दिनमा एमालेलाई जनताको पार्टी स्थापीत गर्दै जनताको माझमा सर्वश्रेष्ठ सावित गर्ने गरि गोलबन्द हुन अपिल गर्नुभएको छ ।

लामो समयसम्मको आन्तरिक विवादका कारण पार्टी फुटको नजिक पुगेका अवस्थामा आज पार्टी अध्यक्ष केपी शर्र्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिले एमालेको भविष्य उज्वल बनाएको बताउनुभयो । जनताको चाहना अनुसारको वार्ता सकारात्मक भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पार्टीभित्र सम्मानजनक अवस्थाको सिर्जना गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पार्टी एकता सबैको चाहना हो । आज अध्यक्ष कमरेड केपी ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपालका बिचमा भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको छ । आजको थालनीलाई तार्किक निश्कर्समा पुर्याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौं । एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौं । धैर्य गरौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा