इजराइलको हमलामा आफ्ना नेताको मृत्युपछि हमासको जवाफी हमला

एजेन्सी, ३० बैशाख । प्यालेस्टिनी चरमपन्थी संगठन हमासले गाजामा इजराइली हवाई हमलामा आफ्ना वरिष्ठ कमान्डरहरुको मृत्यु र एक भवन भत्किएपछि इजराइलमाथि दर्जनौं हमला गरेको हो ।

बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार दक्षिणी इजराइलको थुप्रै स्थानमा हमला भएको खबर प्राप्त भएको छ । यस्तै स्टेरोड शहरमा एक बालकको मृत्यु भएको खबर प्राप्त छ । इजराइल र प्यालेस्टिनी चरमपन्थीबीच सोमबारदेखि अचानक हिंसा भड्किएको छ जुन रोकिने छाँटकाँट नै छैन । प्यालेस्टिनी चरमपन्थी इजराइलमा रकट हमला गरिरहेका छन् र इजराइलले गाजामा चरमपन्थीको क्याम्पमा निशाना बनाइरहेका छन् ।

हालसम्म गाजामा ६५ जना मारिएका छन् जसमध्ये १४ बालबालिका छन् । यस्तै इजराइलमा सातजनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रले स्थितिमाथि गहिरो चिन्ता व्यक्त गर्दै संघर्ष एक युद्धमा परिवर्तन हुनसक्ने चेतावनी दिएको छ ।

इजराइलभित्र पनि यस्ता इलाकामा हिंसा भइरहेको छ जहाँ यहूदी र अरब जनता बस्छन् । इजराइली मिडियामा इजराइलका थुप्रै शहर र इलाकामा आक्रमणकारीले कतै अरबीलाई निशाना बनाइरहेका छन् त कतै यहूदीलाई । इजराइली प्रहरीका अनुसार बुधबारको हिंसापछि ३४७ जनालाई पक्राउ गरियो । ३६ प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021