महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार: कांग्रेस, माओवादीको सपना चकनाचुर

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ ।

वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गर्नुभएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने स्पष्ट धारणा राख्नुभएको छ । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उहाँले स्पष्ट पारेको स्रोतले जनाएको छ ।

जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव गर्नुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवाले यस्तो प्रस्ताव राखेपछि अध्यक्ष ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको जवाफ फर्काउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021