माधव समूहमा फेरी गयो पहिरोः प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा

काठमाडौँ, ३० वैशाख । ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन’, झापा क्षेत्र नं २ बाट निर्वाचित एमाले सांसद् पवित्रा निरौला खरेल भन्नुहन्छ ।

नेकपा एमालेको माधव गुटमा खुल्नुभएकी सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नी’– उहाँले भन्नुभयो ।

राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनु भएको खरेलले बताउनुभयो । ‘स्वास्थ्य समस्याका कारण मेरो खासै छलफल भएको छैन, पार्टी एक हुनुपर्छ भन्ने मेरो धारणा हो, अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि राजीनामा दिन्न’– खरेलले प्रष्ट रुपमा बताउनुभयो ।

अझै पनि पार्टी अध्यक्षले सबैलाई एक ठाउँमा राखेर छलफल थाल्नुुपर्ने र निकास खोज्नु्पर्ने उहाँले बताउनुभयो । पार्टी एक ढिक्का बनाउनुमा नै सबैको भलाइ हुने खरेलको सुझाव छ । उहाँले भन्नुुभयो– ‘मैले एमाले पार्टी बिनाको राजनीति कल्पना पनि गरेको छैन, मसँग राजीनामाको विषयमा कसैले छलफल पनि गरेको छैन, राजीनामा कुनै हालतमा दिन्न ।’ आईएनए न्युज एजेन्सी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021