माधव नेपाल समूह अब पनि नसच्चिए भुगोलमा हैन, गुगलमा खोज्नुपर्छः ऐन महर

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक÷अध्यक्ष ऐन महरले पार्टीका नेता माधव कुमार नेपालले नेतृत्व गर्नुभएको समुहरुले अब पनि नसच्चिएमा भविष्यमा भुगोलमा नभई गुगलमा खोज्नुपर्ने अवस्था आउने चेतावनी दिनुभएको छ ।

एमालेले माधव समुहलाई सुध्रन अन्तिम पटक मौका दिई पार्टीले कारवाही गरेको समेत फिर्ता लिएको स्मरण गराउँदै अबका दिनमा सच्चिएर एमाले कार्यकर्ताको एकतावद्ध भएको हेर्ने भावनालाई कमजोरी नठान्नलाई चेतावनी दिनुभयो । पार्टीले गरेको कारवाहीलाई कमजोरिको रुपमा नलिन आग्रह गर्दै संयोजक महरले उक्त निर्णयलाई कमजारेरी ठाने महाभुल हुने बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘केपी ओलीले गल्ती सच्याएका होइनन् । तिमिहरुले गरेका अक्षम्य गल्तिको विशाल हृदयका साथ कार्यकर्ताको भावनाको कदर गर्दै अन्तिम पटक माफ गरेका छन् । यो कारबाही फिर्ता गर्नु भनेको ओली, एमाले र सत्ता रक्षाको लागि होइन, मुर्खहरु यो त कार्यकर्ताको भावनाको कदर र लामो समय देखिको सहयात्री भएकोले त्यसप्रतिको सम्मान हो । यसलाई कमजोरी ठान्यौ र मात्तिएर फेरि छाद्न थाल्यौ भने महाभुल हुनेछ तिम्रो । त्यसैले यो मौकाको सदुपयोग गर कमरेडहरु अन्यथा ओलीको रिसले एमाले, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र सिध्याउन हिंडेका तिमीहरु नसचिए समय पर्खिने छैन, समाप्त हुनेछौ र एउटा अध्यायको अन्त्य हुनेछ । माधव नेपाल सिपि मैनाली हुनेछन भने भिम रावल क्षेत्रीय पार्टी चलाएर बस्ने छन् । तिमिहरु भुगोल होइन गुगलमा भेटिनेछौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काभ्रेपलाञ्चोक, ५ कार्तिक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १०

काठमाडौँ, ५ कार्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा)

काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021