जसपा नेपालको बैठक बस्दै : राजनीतिक निकास दिने

काठमाडौँ, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्ने भएको छ ।

सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लाग्नुभएको छ भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बसेर ओलीलाई सघाइरहुनभएको छ ।

एउटै पार्टी यसरी विभाजित भएका कारण राजनीतिक संक्रमण झन् लम्बिने देखिएकै बेला बुधबार जसपा नेपाल पदाधिकारीको बैठक बस्ने भएको छ । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले सुरुमा अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्नुहुने भएको छ । दुईजना बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ ।

डा. भट्टराईले यसअघि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाका नेतृत्वमा सरकार बनाउने पहल गर्नुभएको छ । जसपा नेपालका ३२ जना सांसदमध्ये ओलीको पक्ष र विपक्षमा १६–१६ जना सांसद छन् । माओवादी केन्द्र, काँग्रेस र जसपा गठबन्धनको सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तीन दलीय गठबन्धनलाई नसघाएसम्म नयाँ सरकार बनाउने सम्भावना कम देखिन्छ ।

जसपा नेपालबाट सर्वसम्मतिले एउटै निर्णय गरेर यो राजनीतिक समस्याको निकास दिन पदाधिकारी बैठक बस्न लागेका जसपा नेपालका एकजना पदाधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा