राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

काठमाडौँ, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।

आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।

‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिले भनेकी छन् ।

आज नेपालसहित विश्वभरि नै ‘नर्स: नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।