अध्यक्ष केपी ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिनुहुन्छः ऐन महर

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको सपथ लिने बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको विश्वासको मत अस्वीकृत भएसँगै अब संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बहुमतको सरकार निर्माण गर्न आह्वान हुनेछ । त्यसमा आजकै अवस्था हेर्ने हो भने विपक्षी कांग्रेस, माओवादी तथा जनता समाजवादी पार्टी (उपेन्द्र यादव तथा बाबुराम भट्टराई समूह)सहितको गठबन्धनले बहुमत नपुग्ने निश्चित भएको छ । उनिहरुको गठबन्धनले १२४ मत मात्र प्राप्त गर्न सफल भएको छ । संसदमा बहुमत ल्याउन १३६ मत आवश्यक हुन्छ । एमाले भित्रको माधव नेपाल समूहका २८ जनाले प्रधानमन्त्री ओलीको प्रस्तावमा मत नहाल्दा पनि ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । भने जसपा (राजेन्द्र महतो तथा महन्त ठाकुर समूह)को १५ मत तठष्ठ रहेको छ । आवश्यक पर्दा उक्त १५ मत प्रधानमन्त्री ओलीको पक्षमा रहेका छन् ।

यसरी विपक्षीले बहुमत नपुर्याउने भएपछि संविधान अनुसार ठूलो दलको हैसियतले पुनः ओलीले नै प्रधानमन्त्रीको दावी गर्ने र सोही अनुसार राष्ट्रपतिबाट सपथ हुने संवैधानीक व्यवस्था रहेको छ । सोही कुरालाई स्पष्ट पार्दै संयोजक महरले प्रधानमन्त्री ओलीले पुनः सपथ लिने दावी गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओली पुनः नियुक्त भएसँगै लालगद्धाहरु समाप्त हुने समेत बताउनुभयो । उहाँका अनुसार लालगद्धारहरु भनेको माधव समूहका २८ जना सांसदहरु रहनुभएको छ । जसले आज प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न संसद बैठकमा अनुपस्थित भएका थिए ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘राजनितिक बिजय हासिल गर्दै संसदमा सम्माननिय प्रधानमन्त्रीले पेश गर्नुभएको बिश्वासको मतको पक्षमा ९३ मत प्राप्त भएको छ भने बिपक्षमा १२४ मत मात्रै परेको छ । अब कसैले संसदमा बहुमत प्राप्त नगरेकोले बहुमतको सरकार बन्ने स्थिती रहेन । त्यसैले नेपालको संबिधानको धारा ७६ (३) बमोजिम संसदमा ठुलो दलको संसदिय दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री को शपथ लिनुहुनेछ । लालगद्दारहरु समाप्त !!’

उपस्थित नहुने सांसदहरुमा

१. योगेश भट्टराई २. झलनाथ खनाल ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ५. जयकुमार राई ६ . यज्ञराज सुनुवार ७. गणेश पहाडी ८. विरोध खतिवडा ९. कृष्णलाल महर्जन १०. माधवकुमार नेपाल ११. जीवनराम श्रेष्ठ १२. नारायण खतिवडा १३. घनश्याम भुसाल १४. गोकर्ण विष्ट १५. सोमप्रसाद पाण्डे १६. मेटमणी चौधरी १७. झपट रावल १८. भीमवहादुर रावल १९. दिपकप्रकाश भट्ट २०. सुरेन्द्र पाण्डे २१. रामकुमारी झाँक्री २२. सरला यादव २३. पुष्पाकुमारी कर्ण २४. कल्याणी खड्का २५.निरादेवी जैरु २६. कलिला खान २७. लक्ष्मीकुमारी चौधरी २८. मुकुन्द न्यौपाने रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा