पाँच वर्ष सरकार चलाउन नै विश्वासको मत मागेको हुँः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रत्याभुत गरेको राजनीतिक स्थिरताको लागि पाँच वर्ष आफ्नो नेतृत्वको सरकारले मुलुक सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । अस्थिरताको अन्त्य गर्नको लागि आफुले विश्वासको मत मागेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको आजको विशेष बैठकमा विपक्षि दलहरुका नेताहरुले उठाएको प्रश्नमाथि उत्तर दिँदै प्रधानमन्त्री ओलीले आज सदनमा विश्वासको मत माग्नु नै पाँच वर्ष सरकार सञ्चालन गर्नुको लागि भएको बताउनुभयो ।

संसद विघटन नगरी देशलाई विकास र समृद्धिको यात्रामा अगाडी बढाउन महत्वपूर्ण योजनाहरुको कार्यान्वयन गर्दै अगाडी बढिरहेको उल्लेख गर्दै उहाँले झुटको खेती गरि जनतामा भ्रम पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभयो ।

संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्दै सरकार अगाडी बढ्नेमा विश्वास दिलाउँदै उहाँले संका र उपसंकाका भरमा प्रचारवाजी नगर्न समेत अपिल गर्नुभयो । आगामी डेढ वर्ष पछि निर्वाचनमा नै जानुनर्पे वाध्यता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसदले काम गर्न नसकेको खण्डमा तत्काल निर्वाचनमा जानुले संविधानलाई सिध्याउने नभई लोकतान्त्रीक गणतन्त्रमा जनता नै सार्वभौम अभिकार सम्पन्नलाई छान्न दिनु सवैभन्दा राम्रो लोकतन्त्राको विशेषता भएको पुनः सम्झाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021