हामी तटस्थ बस्छौं : अध्यक्ष ठाकुर

 काठमाडौँ, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतैपनि नलाग्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिएको बताए । उनले भने, ‘प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ ।’

अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको बताउदै उनले भने, ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा ।’ ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्‍न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त ? गम्भीर त्रुटिहरु संविधानमा छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज २०७८ मंसिर २२ गते बुधबार ।  मेष: कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक

काठमाडौँ, २१ मंसिर । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९०

काठमाडौँ, २१ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, २१ मंसिर । थप ३ सय १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021