अनुचित अडानमा कोहीसँग सम्झौता गर्दिन: प्रधानमन्त्री ओली

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित अडानमा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

विश्वासको मतलिन आज संसद्मा सम्बोधन गर्दै उहाँले आफुमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुहुँदै वर्तमान राजनीतिका अवस्थाका कारण ममाथि विश्वास छ भन्ने देखाउन मत मागेको बताउनुभयो । उहाँले विचारको आग्रहका आधारमा नभइ, स्वार्थबाट निर्देशित भएर नभइ, आवद्धताका आधारमा पनि नभई सत्यलाई पछयाएर निर्णय गर्न आग्रह गर्नुभयो । अहिले नेपाल विश्वमाझ सुनिन, देखिन र सुन्नुपर्ने अवस्थामा पुगेको बताउँनुहुँदै राष्ट्रियताको सवालमा यति उपलब्धी हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताउनुभयो । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताउनुभयो ।

समस्यालाई समाधान गरेर अघि बढ्ने सन्दर्भमा यो सरकारमाथि विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सार्वभौम जनताको प्रतिनिधित्व गरेर उभिएका, सार्वभौम जनताको भावना र हितहरुको प्रतिनिधित्व गरेका जनप्रतिनिधिले सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021