नेपाल पक्षका सांसदलाई कानुनअनुसार कारबाही हुन्छ: नेता नेम्वाङ

काठमाडौँ, २७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद बैठकमा उपस्थित नहुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।

एमाले नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि नेता नेम्वाङले बैठकमा उपस्थित नहुनु पनि ह्वीपको उल्लंघन भएको स्पष् पार्नुभयो । उहाँले ह्वीप नमानेर अनुपस्थित हुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज सबै सांसदहरूलाई उपस्थित हुन र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप लगाइएको छ। बैठकमा अनुपस्थित हुनु भनेको पनि विपक्षमा मतदान गर्नुजस्तै हो । ह्वीप उल्लंघनलाई के कारबाही हुन्छ भन्ने कानुनमै छ। त्यहीअनुसार हुन्छ ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि सामाजिक सञ्जालमार्फत् असन्तुष्ट पक्षलाई सँगै बसेर छलफल गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021