प्रधानमन्त्री केपी ओलीको दुई ऐतिहासिक कामले ‘युगौं युग’ले सम्झने छ: अध्यक्ष थापा

काठमाडौँ, २७ वैशाख । राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई वटा ऐतिहासिक कामहरुले गर्दा युगौं युगले समेत सम्झने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटेर नेपालको नक्सा तथा संविधान नै संशोधन गर्नुभएको र नेपाललाई शान्तिको देश स्थापना गर्न डा. सिके राउतलाई मुलधारमा ल्याउन खेल्नुभएको भूमिकाले ऐतिहासले समेत सम्झाने अध्यक्ष थापाले बताउनुभयो । अध्यक्ष थापाले लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्साको कामले सधैँभरी प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भैरहेको बताउनुभो । उहाँले समाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीलाइ मेन्सन गर्दै टिप्पणी गदै चुच्चे नक्सा र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘नाटकिय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीकोले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ । आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला । जेहोस् अनेक विवाद र असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक