प्रधानमन्त्री ओलीलाई विश्वासको मतः जसपा पदाधिकारी बैठकको मध्यमार्गी निर्णय

काठमाडौँ, २६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ ।

जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो । पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो । जसपा नेताहरुले पार्टी विभाजन रोक्नका लागि यस्तो निर्णय लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021