‘माधव नेपाल समूहको राजनीतिक सन्यास हो कि आत्मघाती गोल ?’

काठमाडौँ, २६ वैशाख । नेकपा एमालेको नेतृ तथा एमाले संसदीय दलको उपसचेतक शान्ता चौधरीले माधव कुमार नेपालको पछिल्लो समयका गतिविधि तथा सामूहिक रुपमा सांसदहरुको राजिनामाको विषयमा गंभिर प्रश्न खडा गर्नुभएको छ ।

माधव समूहका सांसदहरुले आज सामुहिक रुपमा राजिनामा गर्ने चर्चा चलिरहेको समयमा नेतृ चौधरीले उक्त कुरा नेपाल समूहको राजनीतिक सन्यास हो की आत्मघाती गोल हो ? भनि प्रश्न गर्नुभएको छ । पार्टी भित्रको आन्तरिक विवादलाई समाधान गर्नुको साटो अरु पार्टीलाई समर्थन गर्दै हिड्नु गैरराजनीतिक कदम भएको उहाँको दावी छ । आफ्नो पार्टीको सरकारलाई ढालेर अर्काको पार्टीलाई समर्थन गर्नु जनमतको अपमान भएको उल्लेख गर्दै जनमतलाई कुल्चने कार्य बन्द गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कमरेड जनमतको अपमान गर्दै आफ्नो पार्टीलाइ समेत धरासाही बनाएर आफ्नो पार्टीको सरकार ढालेर अरुलाइ सजिलो बनाइ दिने गलत नियतका साथ राजिनामा आउँदै छ भन्ने सुनिन्छ, यदि यो हल्ला सहि हो भने यो काम बन्द गर्नुस् । खासमा भन्नु पर्दा व्यक्तिगत कुरा बाहेक अहिलेसम्म कुनै राजनीतिक एजेन्डा दिन सक्नु भएन, पार्टीको महाधिवेशन सम्म कुर्न सक्नु भएन, अहिले फेरी जनताले दिएको मतको अपमान हुने काम हुँदै छ भन्ने सुनिन्छ। अब राजिनामा दिएर जनतामा कुन मुख देखाउनु हुन्छ ? यो राजनीतिक सन्यास हो कि आत्मघाती गोल ? अझै केहि भएको छैन, तत्काल मिलेर अघि बढ्नुस् । जनताको अपमान नगर्नुस कमरेड ।’

माधव समूहका सांसदहरु भने पदबाट राजिनामा दिई प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढाली काँग्रेस, माओवादी, जनता समाजवादी (जसपा) लगायतको संयुक्त गठनबन्धनलाई सरकार नेतृत्वको जिम्मा लगाउने तयारीमा लागेका छन् । सामूहिक रुपमा राजिनामा दिई एमालेका अध्यक्ष प्रधानमनत्री ओलीलाई विश्वासको मत पाउनबाट बञ्चित गराउने रणनीतिमा माधव समूह लागि परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021