कुलेखानीमा नयाँ आयोजनाको अध्ययन

काठमाडौँ, २६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ । कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन गत चैतमा विद्युत् विकास विभागले अनुमति दिएको थियो ।

अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनमा संलग्न प्राधिकरणका इन्जिनियर शिवराम केसीका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीयलगायतका अध्ययनको काम भइरहेको छ । असार मसान्तभित्र पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने, “आगामी असारसम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असारभित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी छौँ ।” उनका अनुसार आयोजना सम्पन्न गर्न करिब नौ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रारम्भिक अध्ययनबाट यो आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाट/घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विद्युत्को माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021