कांग्रेसले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने

काठमाडौँ, २५ वैशाख । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो । ओली स्वयंलेनै विश्वासको मत लिन खोजिरहेको र ओलीलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई व्हीप जारी गरेको छ । कांग्रेसको चैत २१ गतेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओली प्रशासनिक, संबैधानिक र राजनीतिक रुपले असफल भएको भन्दै तत्काल आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसका लागि अन्य राजनीति दलसंग छलफल परामर्श गर्ने निर्णय गरेको थियो ।

बैठकले कोभिड १९ संक्रमणको दोस्रो लहर भित्रन नदिनका लागि पर्याप्त समय भए पनि सरकारले त्यसतर्फ पहल नगरेको निष्कर्षका साथ वर्तमान अवस्था निम्तनुमा सरकार दोषी भएको ठहर गरेको छ । दोस्रो लहरबाट आम नागरिक प्रभावित भएको तथा संक्रमितहरुले औषधी उपचार, अक्सिजन, आईसियु नपाएर ज्यान गुमाईरहेकाले कोभिड व्यवस्थापन र आम नागरिकको जीवन रक्षा गर्ने कार्यमा सरकार असफल भईसकेको निष्कर्ष निकालेको छ । बैठकले भ्याक्सिन आयातमा भएको अनियमितताको अध्यन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सबैधानिक परिषद्को गरिमालाई समाप्त गर्ने गरि परिषद्को कार्यक्षेत्रलाई संकुचन गर्दे, संविधानको मर्यादा विपरित संबैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएकाले संबैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश अन्र्तगत हुने बैठकमा पनि नेपाली कांग्रेस संसदीय दलको नेताले भाग नलिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021