२७ जना प्रतिनिधिसभाका सांसदलाई कोरोना संक्रमण (सूचीसहित)

File Photo

काठमाडौँ, २५ वैशाख । प्रतिनिधिसभाका २७ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आएको रिपोर्टअनुसार थप १९ जना सांसदमा संक्रमण देखिएको हो । २७ सांसदसहित ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारका कर्मचारी गरी १६० जना भन्दा बढी कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही वैशाख २७ गते संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । जसका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको छ । कोरोना संक्रमित सांसदहरुले विश्वासको पक्ष–विपक्षमा हाल्न पाउने नपाउने विषयमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।

संक्रमित सांसदहरुमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, मनकुमारी जिसी, मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, महेश बस्नेत, रामबाबु यादव, गोपालबहादुर बम, नमीताकुमारी चौधरी, शान्तिमाया तामाङ, विनाकुमारी श्रेष्ठ, रेनुका गुरुङ, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पाकुमारी कर्ण कायस्थ, भानुभक्त ढकाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह, दीपकप्रकाश भट्ट गरी २७ जना रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका