बादलसँग खिमलालको तुलना हुनै सक्दैनः मुख्मन्त्री पोखरेल

काठमाडौँ, २५ वैशाख । लम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग डा. खिमलाल देवकोटाको तुलना हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आगामी जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनको लागि एमालेको तर्फबाट बादललाई उम्मेदवार बनाएको छ भने कांग्रेस, माओवादी जनता समाजवादी पार्टी तथा एमालेकै माधव नेपाल समूहरुसहितको गठबन्धनले डा. देवकोटालाई उम्मेदवार बनाएको छ । सोही उम्मेदवारको प्रशंगलाई लिएर मुख्यमन्त्री पोखरेलले बादलको राजनीतिक तथा मुलुकमा परिवर्तनको लागि गर्नुभएको योगदानको बारेमा डा. देवकोटासँग तुलना गर्न नसकिने रहेको बताउनुभयो ।

माधव नेपालसँग बादलको तुलना गर्न नसकिने समेत उल्लेख गर्दै उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जसरी माधव कमरेडको तुलना वादल कमरेडसँग हुदैन भनेर हामी भन्छौं, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्