एमालेका कार्यकर्ता ‘नेता मुखी नभई जनता मुखी’ हुनुपर्छः मन्त्री थापा

हेटौंडा, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले एमालेका कार्यकर्ता अनुशासित तथा मर्यादित हुनुपर्नेमा जोड दिँदै कार्यकर्ता नेतामूखी नभई जनतामूखी हुनुपर्नेमा जोड दिनुभएको छ ।

आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले उक्त कुरामा जोड दिनुभयो । गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संविधानको दिगो सम्बर्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशन बमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको उहाँले दावी गर्नुभयो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत पार्टीका साझा उम्मेदवार डा। खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का उम्मेदवार कृष्णबहादुर तामाङले देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021