ब्राजिलमा लागुऔषध तस्कर र प्रहरीबीच झडप हुदा २५ जनाको मृत्यु

एजेन्सी, २४ बैशाख । ब्राजिलमा लागुऔषध तस्करको गिरोह र प्रहरीबीच भएको झडपमा वरिष्ठ प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको छ ।

रियो दि जेनेरियोमा लागुऔषध तस्करको गिरोहले बालबालिकालाई पनि भर्ना गरेर तस्करीमा लगाउँदै गरेको सूचनापछि प्रहरीले अप्रेसन थालेको थियो ।

अप्रेसनको शिलशिलामा तस्करहरुले प्रहरीमाथि अत्याधुनिक हतियार चलाएका थिए । प्रहरीको गोली लागेर र घरको छतबाट हाम फाल्ने क्रममा २० जनाभन्दा धेरै तस्करको ज्यान गएको बीबीसीले जनाएको छ । घटनामा एक वरिष्ठ प्रहरी अधिकारीको पनि ज्यान गएको खबरमा उल्लेख छ ।

पक्राउ परेका केही व्यक्तिबाट अत्याधुनिक हतियार र महत्त्वपूर्ण सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021