मिस युनिवर्स प्रतियोगितामा भाग लिन अंशिका शर्मा अमेरिकामा

न्यूर्योक, २३ वैशाख । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका आइपुग्नु भएको छ । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका आउनुभएको हो । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ ।

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिभर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ । विश्व प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को ‘मिस युनिभर्स’मा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाउनुभएको थियो ।

वर्तमान विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको कारण अंशिका र ब्रेभ बोल्ड एंड ब्युटीफुल टिमले विगतमा जस्तै औपचारिक रुपमा पत्रकार सम्मेलन आयोजना नगर्ने निर्णय गर्दै यसको सट्टा अंशिकाले प्रतियोगिताको पूर्वतयारी रेकर्ड गराएको जनाएको छ ।

अंशिकाको साहस र उदारताको कथाले तेस्रो लकडाउनमा प्रवेश गर्दै गरेको एक राष्ट्रलाई केही राहत मिल्ने विश्वास लिइएको छ ।  अंशिकाले भन्नुभएको छ, ’यस यात्राको हरेक पाइलामा तपाईहरु सबै हाम्रो सम्झनामा हुनुहुन्छ र हामी एकजुट भएर विजय हासिल गर्ने कुरामा पनि विश्वश्त छौं ।

६९ औं मिस युनिवर्स प्रतियोगिता मे १६ बेलुका ८ बजे (मियामी समय ) मा प्रत्यक्ष प्रशारण हुँदैछ । नेपाली समय मे १७ बिहान ५ः४५ मा हुनेछ ।त्यसैगरी राष्ट्रीय पोशाक शो मे १३, बेलुका ८ बजे (मियामी समय) हुँदैछ । नेपाली समय मे १४ बिहान ५ः४५ मा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्