कोरोनाको उपचारमा अब थप सहज हुन्छः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २३ वैशाख । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले विशेष रणनीति बनाई जनताको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दैै आवश्यक औषधी उपचारको व्यवस्था प्रधावकारी ढंगले गर्ने बताउनुभएको छ ।

नेपालमा कोरोना संक्रमणदर उच्च बन्दै गएपछि मुलुकभरका अस्पतालहरुमा विरामीले उपचारको लागि बेड, अक्सिजन तथा अन्य औषधीहरु समेत नपाईरहेको अवस्थामा सरकारले बेडको व्यवस्थापन, अक्सिजन तथा अन्य उपचारमा आवश्यक पर्ने औषधीहरुको व्यवस्थापनलाई सहज बनाएको जानकारी गराउनुभयो ।

सरकारको निरन्तर प्रयासपछि भारतबाट लिक्विड अक्सिजनको सप्लाई सुचारु हुने जानकारी गराउँदै उहाँले अक्सिजन सिलिण्डर थप प्राप्त हुने जानकारी गराउनुभयो । भारतबाट अक्सिजन लिक्विड अक्सिजनको सप्लाई तथा सिलिण्डरको व्यवस्थापन हुने भएसँग कोरोना संक्रमणका विरामीको उपचारमा थप सहज हुने बताउनुभयो ।

उहाँले आफ्नो समाजिक सञ्जालमा भन्नुभएको छ, ‘निरन्तरको प्रयास पछि भारतवाट लिक्विड अक्सिजनको सप्लाई सुचारुहुने भएको छ । अक्सिजन सिलिण्डर थप प्राप्त हुदैछ । उपचार अव थप सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मस्को, ५ चैत । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले

मस्को, ५ चैत । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै

एजेन्सी, ४ चैत । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको

नयाँ दिल्ली, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ ।