कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २३ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक वैशाख २५ गते शनिबार दिउँसो २ बजे बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि संसद संसद बैठक वैशाख २७ गतेका लागि बोलाइएपछि कांग्रेसले आफ्नो रणनीति तयार गर्न दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक वानेश्वरस्थित ल्होत्से हलमा राखिएको छ । संसदमा कांग्रेसका ६१ सांसद छन् ।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ । साथै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा