भक्तपुरमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइने: ३०० शैय्याको आइसोलेसन केन्द्र

भक्तपुर, २३ वैशाख । मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ ।

५० लाख रूपैयाँको लगानीमा एक साताभित्र उक्त अस्पतालमा अक्सिजन प्लान्ट राखिने मध्यपुर नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मेयर श्रेष्ठका अनुसार यो प्लान्टबाट दैनिक ९० सिलीण्डर ग्यास उत्पादन गर्न सकिन्छ । मध्यपुर नगरपालिकाले सञ्चालमा ल्याएको नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा ९ वटा आईसीयू र ७ वटा भेन्टीलेटरसहितका बेड छन् । यी सबै बेड अहिले कोरोना संक्रमितले भरिएका छन् ।

यसैबीच मध्यपुर थिमि नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । त्यस्तै चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा १०० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाले ब्रम्हायणीमा ५० बेडको आइसोलेसन र २५ बेडको एचडियू सञ्चालनमा ल्याएको छ ।

यस्तै सूर्यविनायक नगरपालिकाले आईसोलसन केन्द्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छ । सूर्यविनायक नगरपालिकाले जगातीमा सुविधा सम्पन्न नगर अस्पताल निमार्णको अन्तिम तयारी गरिरहेको छ । निमार्णाधिन नगर अस्पतालका ५० बेडको हुने छ । नगर अस्पताल १५ दिन भित्र तयारी भई सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने