कोरोना संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्: स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ ।

बुधबार मात्र आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको

वीरगञ्ज, २ असार । वीरगञ्जबाट ६५ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी

काठमाडौँ, २ असार । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची

ललितपुर, २ असार । चक्रपथ क्षेत्रमा पर्ने बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडकबत्ती जडान गरिने भएको छ । सो क्षेत्रमा बत्ती जडान गर्न ललितपुर