प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सम्पन्न भएको छ ।

पछिल्लो समयको राजनीतिक माहोल तातेसँगै प्रधानहन्त्री ओली र सभापति देउवाबीच आज देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता सम्पन्न भएको हो । प्रधानमन्त्री आलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिने भएसँगै राजनीतिले नयाँ मोड लिँदै गएको छ ।

सोही विषयमा केन्द्रीत रहेर सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सहमहामन्त्री प्रकाश शरण महतका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मतको लागि सहयोग गर्न आग्रह गर्नुभएको प्रस्तावमा कांग्रेसले उक्त प्रस्तावलाई अस्वीकार गरेको छ । कांग्रेसले संवैधानिक अध्यादेशको बारेमा आपत्ती जनाएको उहाँले जानकारी दिनुभयो ।

कोरोनाको महामारिकोविरुद्धमा पिडाबाट मुक्त बनाउनुपर्नेमा कांग्रेसले जोड दिएको जानकारी गराउँदै उहाँले जनतालाई कोरोना संक्रमणको निशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :