चर्को शुल्क असुल्ने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ, २२ वैशाख । सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । नीजि अस्पतालहरुले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही निजी अस्पतालले आईसीयू र बेड लगायतको शुल्क भन्दै चर्को मूल्य तोकिएको दररेट नै सार्वजनिक गरेका थिए । उनहरुले महामारीलाई लुट्ने माध्यम बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले यस किसिमको अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा