लुम्बिनी मन्त्रिपरिषदमा ३ मन्त्री थप: १० सदस्यीय पुग्यो

काठमाडौँ, २१ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

उनले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

आचार्य र श्रेष्ठ एमाले सांसद हुनुहुन्छ भने श्रीवास्तव सूर्य चिह्नबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । उहाँले गत आइतबार विपक्षी गठबन्धनमा हस्ताक्षर गरे पनि सोमबार पुन पोखरेललाई समर्थन गर्दै विज्ञप्ति जारी गर्नुभएको थियो । मन्त्रीहरुको सपथ भने बुधबार हुनेछ । योसँगै लुम्बिनीको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021