एमालेका ६ जना संघिय सांसद कोरोना संक्रमित

काठमाडौँ, २१ वैशाख । नेकपा एमालेका ६ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार संक्रमित हुनुहुने ६ जना सांसदहरु झलनाथ खनाल, पर्यटन मन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतो, पूर्वमन्त्री रघुवीर महासेठ, विमला विक र सरिता न्यौपानेलाई कोरोना संक्रमण भएको छ । जसमा खनाललाई केही दिन अघि संक्रमण पुष्टि भएको थियो भने उहाँ हाल नर्भिक अस्पतालमा उपचार गराईरहुनभएको छ । तीन दिन अगाडि मन्त्रीहरू ढकाल र महेतोलाई संक्रमण पुष्टि भएको हो ।

खनालबाहेक बाँकी पाँचै जना अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

विशेष अधिवेशनको समय नजिकिए पनि संक्रमित सांसदको संख्या थपिदै गएपछि संसद् सचिवालय र स्वयं एमाले पनि अन्योलमा परेको छ । संक्रमित सांसदले विश्वासको मत लिने बैठकमा भाग लिने पाउने र मतदानमा सामेल गराउनेबारे अन्योल देखिएको हो । सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयले यसबारे निर्णय लिन सोमवार चिकित्सकहरुको सुझाव लिएको छ । तर यसबारे कुनै निर्णय लिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021