कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर विश्वासको मत लिन लागेको विषय पनि छलफलको मुद्दा बन्ने बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वावको मत लिन लाग्दा पार्टी रणनीति कस्तो हुने र अन्य दलसँगको सहकार्य कसरी अघि बढाउने ? भन्ने विषयमा कांग्रेसले पदाधिकारी बैठकबाटै रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।