जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढ्यो

काठमाडौँ, २१ वैशाख । जनता समाजवादी  पार्टी  (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी   विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा  ओलीले वैशाख  २७  गते संसद्मा  विश्वासको  मत  लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा  नेपालमा  महन्थ  ठाकुर पक्षीय  नेतृत्व  प्रधानमन्त्री ओलीप्रति नरम  छ  भने  उपेन्द्र  यादव  पक्ष विपक्षी  गठबन्धनतिर  देखिएको छ । 

यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर  पक्षले  राजनीतिक  सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य  र  सांसदहरूलाई  फोन  गरेर जानकारी  सङ्कलन  गरिरहेको  तथा मङ्गलबारसम्म  काठमाडाैं  आउन सूचना दिइएको जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै  काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट